दफा ५१
पूर्वयोग्यताका शैक्षिक कार्यक्रमको सञ्चालन
विश्वविद्यालयले सञ्चालन गर्ने स्नातक वा सोभन्दा माथिल्लो तहको शैक्षिक कार्यक्रममा विद्यार्थीको पहुँच अभिवृद्धिका लागि विश्वविद्यालय स्वयंले वा स्थानीय तह वा अन्य संघ, संस्थाहरूसँगको सहकार्य वा साझेदारीमा सम्बन्धित निकायको स्वीकृति लिई पूर्वयोग्यताका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछ।